सुनको मूल्य तोलामा साढे ५ हजारले घट्यो, चाँदी पनि सस्तो

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला साढे ५ हजार रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँमा कायम भएको छ।

यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँमा कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।

Facebook Comments Box
TOP
279 Shares