

मौसमजस्तै अन्योलमा राजनीति : असमयको पानीले देखाएको सत्ता संकटको संकेत ?
काठमाडौँ । केही दिनयता देशभरको मौसम असामान्य रूपमा बदलिएको छ । बिहान चर्को घामले उकुसमुकुस बनाउने, दिउँसो अचानक बादल मडारिने, कतै हावाहुरी त कतै चट्याङसहितको वर्षाले जनजीवन प्रभावित पार्ने क्रम निरन्तर चलिरहेको छ । मौसमको कुनै निश्चितता छैन—कुन बेला घाम लाग्ने, कुन बेला भारी वर्षा हुने वा कतिबेला आकाश नै कालो भएर दिनमै अन्धकार छाउने हो भन्ने अनुमान गर्न मुस्किल परिरहेको छ ।
मौसमविद्हरूले समेत यसलाई सामान्य परिवर्तन नभएको बताइरहेका छन् । उनीहरूका अनुसार असमयमा भइरहेको अत्यधिक वर्षाले आगामी वर्षातमा उल्टै खडेरी निम्त्याउन सक्ने खतरा बढेको छ । तापक्रम अस्वाभाविक रूपमा बढ्न सक्ने चेतावनी पनि दिइँदैछ । असिना, चट्याङ, हावाहुरी र आकस्मिक वर्षाले देशका विभिन्न क्षेत्रमा क्षति पुर्याइसकेको छ ।
यही अस्थिर मौसमलाई लिएर अहिले राजनीतिक वृत्तमा पनि प्रतीकात्मक चर्चा सुरु भएको छ । कतिपयले देशको मौसम र वर्तमान राजनीतिक अवस्थाबीच अनौठो समानता देख्न थालेका छन् । विशेषगरी हालै सम्पन्न निर्वाचनपछि मौसम अचानक बिग्रन थालेको प्रसंगलाई लिएर सामाजिक सञ्जालदेखि चिया पसलसम्म अनेक टिप्पणी भइरहेका छन् ।
देशमा भारी जनमतसहित बनेको दुई तिहाइ नजिकको सरकारको अवस्था पनि मौसमकै शैलीमा अन्योलपूर्ण देखिन थालेको टिप्पणी हुन थालेको छ । सरकार गठन भएको दुई महिना नबित्दै सत्ता र पार्टीभित्र चिसोपन बढेको चर्चा राजनीतिक बजारमा बाक्लिएको छ । संसदमा उपस्थित भएर जनप्रतिनिधिहरूका प्रश्नको सामना गर्न प्रधानमन्त्री अनिच्छुक देखिनु, संसदीय अभ्यासप्रति उदासीनता देखिनु र सार्वजनिक संवादबाट टाढा बस्नुले थप प्रश्न उठाएको छ ।
भोलि राज्यले औपचारिक रूपमा ‘गणतन्त्र दिवस’ मनाउँदैछ । सार्वजनिक विदासहित विशेष समारोहको तयारी भइरहेका बेला प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने वा नगर्ने विषयलाई समेत अर्थपूर्ण रूपमा हेरिएको छ । विगतका प्रधानमन्त्रीहरू गम्भीर स्वास्थ्य अवस्थामासमेत सार्वजनिक जिम्मेवारीबाट पछि नहटेको उदाहरण अहिले पुनः स्मरण हुन थालेको छ ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जीवनको अन्तिम अवस्थासम्म पनि राज्य सञ्चालनका विषयमा सक्रिय संवाद कायम राखेका थिए । मनमोहन अधिकारीले अस्पतालको शैयाबाटै संसदलाई सम्बोधन गरेका थिए । स्वास्थ्य अवस्था जटिल हुँदा पनि केपी शर्मा ओलीले आवश्यक सरकारी जिम्मेवारी बहन गर्न नछाडेको प्रसंग अहिले चर्चा भइरहेको छ ।
यता वर्तमान प्रधानमन्त्री भने आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला संसदबाट बाहिरिएको घटनाले समेत राजनीतिक वृत्तमा व्यापक टिप्पणी जन्माएको छ । यसलाई कतिपयले संसदीय गरिमामाथिको असहज संकेतका रूपमा व्याख्या गरेका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार सत्ता सञ्चालनमा देखिएको अस्पष्टता, निर्णय प्रक्रियामा देखिएको दूरी र जनतासँग संवादहीनता दीर्घकालीन रूपमा सरकारकै लागि चुनौती बन्न सक्छ । जनताले ठूलो अपेक्षासहित दिएको जनमतलाई व्यवहारमा रूपान्तरण गर्न नसके असन्तोष बढ्ने चेतावनी पनि दिइएको छ ।
देशको मौसम जस्तै अहिले राजनीति पनि पूर्वानुमान गर्न कठिन अवस्थामा पुगेको टिप्पणी भइरहेका बेला आमनागरिक भने चिन्तित देखिन्छन् । मौसम बिग्रँदा प्राकृतिक विपत्ति आउँछ, राजनीति बिग्रँदा राज्य संयन्त्र नै प्रभावित हुन्छ भन्ने चर्चा अहिले सर्वत्र सुनिन थालेको छ ।
कसैले यसलाई केवल संयोग मानिरहेका छन्, कसैले समयको संकेत । तर, जनतामा बढ्दो अन्योल, सरकारप्रतिको चिसिँदो विश्वास र अस्थिरताको अनुभूति भने दिनप्रतिदिन गहिरिँदै गएको देखिन्छ ।
समाज
थप सामाग्री-
झापामा एशियन हाइवे निर्माणको नाममा कनकाई नदीमा अत्यधिक उत्खनन, नदीको प्राकृतिक स्वरूप जोखिममा
-
नारायणगढ वडा प्रहरी कार्यालयमाथि अनियमितता र आर्थिक लेनदेनका गम्भीर आरोप, निगरानी र जवाफदेहितामाथि प्रश्न
-
चार प्रहरी उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस
-
संकटको घडीमा उभिएको नेतृत्व : आईजीपी दानबहादुर कार्कीको संयम, साहस र संगठन पुनर्जीवनको कथा
-
आज जेठ १४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
आज देशभर ईद उल-अजहा उल्लासपूर्वक मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
१० घण्टा अगाडि
2.0kViews 425 Shares Share on Facebook Share on Twitter काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल-अजहा (बकर ईद) आज…



