

मेयर हुँदा ‘ग्रेटर नेपाल’को नक्सा, प्रधानमन्त्री भएपछि ‘नेपालले भारतको भूमि मिचेको’ अभिव्यक्ति : रक्षा बमको कटाक्ष
काठमाडौं । जेनजी आन्दोलनकी नेतृ रक्षा बमले प्रधानमन्त्री बालेन शाहको हालैको सीमासम्बन्धी अभिव्यक्तिप्रति तीव्र प्रतिक्रिया जनाएकी छन्।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको “नेपालले पनि भारतको केही भूमि मिचेको” भन्ने आशयको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउने क्रम जारी रहेका बेला बमले पनि कटाक्षपूर्ण टिप्पणी गरेकी हुन्।
उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने अनि प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भनेर संसद्को रोष्ट्रमबाट उद्घोष गर्ने, फेरि पनि हामीले चाहिँ झिक्कै–झिक्कै माया छ भनिदिनुपर्ने त होला नि होइन ?”
बमको उक्त टिप्पणी सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ। प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर पछिल्ला दिनमा राजनीतिक दल, अभियन्ता तथा सर्वसाधारणबाट मिश्रित प्रतिक्रिया आइरहेका छन्।
विशेषगरी, काठमाडौं महानगरपालिकाको मेयर रहँदा शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेको प्रसंग स्मरण गराउँदै आलोचकहरूले उनको पछिल्लो अभिव्यक्तिलाई विरोधाभासपूर्ण भएको बताएका छन्। यद्यपि प्रधानमन्त्री शाहले उक्त अभिव्यक्तिबारे थप स्पष्टिकरण दिएका छैनन्।
सीमासम्बन्धी विषय राष्ट्रिय संवेदनशीलतासँग जोडिएको भन्दै यसबारे राजनीतिक तथा सार्वजनिक बहस अझै जारी रहेको छ।
समाज
थप सामाग्री-
दाङमा भीषण सडक दुर्घटना : टिपरको ठक्करबाट बाबु–छोराको ज्यान गयो
-
माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !
-
आजको राशिफल : पाथीभरा माताले रक्षा गरुन
-
ललितपुर पत्रकारिता क्षेत्रमा योगदानको कदर गर्दै विभिन्न पत्रकारहरू सम्मानित
-
काठमाडौँ प्रहरीले ‘लुटेरा विरुद्ध विशेष अप्रेसन’ तीव्र बनायो : जडीबुटीमा गोली चल्दा एक लुटेरा घाइते
“निर्देशन मात्र होइन, कार्यान्वयनको नेतृत्वमा आइजीपी दानबहादुर कार्की”
२ दिन अगाडि
2.6kViews 188 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले संगठनलाई नागरिकमैत्री, पारदर्शी…



