

एमबीबीएस प्रश्नपत्र चुहावट प्रकरणपछि भारतमा ‘कक्रोच जनता पार्टी’को आन्दोलन घोषणा
एजेन्सी । भारतमा सामाजिक सञ्जालमार्फत उदाएको ‘कक्रोच जनता पार्टी’ (सिजेपी)ले एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर आन्दोलन घोषणा गरेको छ ।
पार्टीले आगामी शनिबारदेखि राजधानी नयाँ दिल्लीमा धर्ना तथा विरोध कार्यक्रम सुरु गर्ने तयारी गरेको जनाएको छ। सिजेपीका संस्थापक अभिजित दिपके अमेरिकाबाट भारत फर्किएलगत्तै आन्दोलनको नेतृत्व गर्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। आन्दोलनको मुख्य माग शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा रहेको बताइएको छ।
आन्दोलनका पूर्वसन्ध्यामा सुरक्षा निकायहरूलाई सतर्क रहन निर्देशन दिइएको छ। दिल्लीसहित विभिन्न सहरमा सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ।
सन् २०२६ मा सामाजिक सञ्जालमार्फत चर्चामा आएको सिजेपीलाई परम्परागत राजनीतिक दलभन्दा युवाहरूको असन्तुष्टि र आक्रोश अभिव्यक्त गर्ने डिजिटल अभियानका रूपमा हेरिएको छ। बेरोजगारी, भ्रष्टाचार, परीक्षा प्रणालीमा देखिएका समस्या तथा राजनीतिक नेतृत्वप्रतिको निराशालाई केन्द्रमा राखेर यो अभियान विस्तार भएको बताइन्छ।
यस अभियानको सुरुवात भारतका प्रधानन्यायाधीश सूर्यकान्तको विवादास्पद अभिव्यक्तिपछि भएको थियो। उनले युवाहरूलाई ‘कक्रोच’ सँग तुलना गर्दै उनीहरू केवल विरोधमा केन्द्रित हुने गरेको टिप्पणी गरेका थिए। सो अभिव्यक्तिको विरोधस्वरूप अमेरिकामा रहेका अभिजित दिपकेले ‘कक्रोच जनता पार्टी’ स्थापना गरेका हुन्।
समाज
थप सामाग्री-
दाङमा भीषण सडक दुर्घटना : टिपरको ठक्करबाट बाबु–छोराको ज्यान गयो
-
माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !
-
आजको राशिफल : पाथीभरा माताले रक्षा गरुन
-
ललितपुर पत्रकारिता क्षेत्रमा योगदानको कदर गर्दै विभिन्न पत्रकारहरू सम्मानित
-
काठमाडौँ प्रहरीले ‘लुटेरा विरुद्ध विशेष अप्रेसन’ तीव्र बनायो : जडीबुटीमा गोली चल्दा एक लुटेरा घाइते
“निर्देशन मात्र होइन, कार्यान्वयनको नेतृत्वमा आइजीपी दानबहादुर कार्की”
२ दिन अगाडि
2.6kViews 188 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले संगठनलाई नागरिकमैत्री, पारदर्शी…



