

सांसद बनेर ट्राफिक प्रहरीलाई धम्क्याउने युवक पक्राउ, अभद्र व्यवहार मुद्दामा अनुसन्धान
काठमाडौं । सिन्धुलीको क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की भएको झूटो परिचय दिँदै ट्राफिक प्रहरीमाथि दबाब सिर्जना गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–७ माझिटार निवासी ३६ वर्षीय लोकबहादुर तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर उज्वल कार्कीका अनुसार तामाङलाई जेठ १४ गते पक्राउ गरिएको हो। उनीविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा तामाङले आफू प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की भएको दाबी गर्दै ट्राफिक प्रहरीलाई फोनमार्फत दबाब दिन खोजेको देखिन्छ। उक्त अडियो–भिडियो सार्वजनिक भएपछि घटनाबारे प्रहरी अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा तामाङले ट्राफिक प्रहरी मात्र होइन, अन्य व्यक्तिहरूलाई समेत फोन गरी प्रभाव पार्ने तथा अनुचित दबाब सिर्जना गर्ने प्रयास गरेको खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। झूटो परिचय प्रयोग गरी सरकारी कर्मचारीलाई प्रभावमा पार्ने प्रयासले सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म व्यापक चर्चा बटुलेको छ।
समाज
थप सामाग्री-
दाङमा भीषण सडक दुर्घटना : टिपरको ठक्करबाट बाबु–छोराको ज्यान गयो
-
माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !
-
आजको राशिफल : पाथीभरा माताले रक्षा गरुन
-
ललितपुर पत्रकारिता क्षेत्रमा योगदानको कदर गर्दै विभिन्न पत्रकारहरू सम्मानित
-
काठमाडौँ प्रहरीले ‘लुटेरा विरुद्ध विशेष अप्रेसन’ तीव्र बनायो : जडीबुटीमा गोली चल्दा एक लुटेरा घाइते
“निर्देशन मात्र होइन, कार्यान्वयनको नेतृत्वमा आइजीपी दानबहादुर कार्की”
२ दिन अगाडि
2.6kViews 188 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले संगठनलाई नागरिकमैत्री, पारदर्शी…



