टिकटकर तुल्सी अधिकारीविरुद्ध ५०० पृष्ठको अभियोगपत्र, अदालत प्रक्रिया अझै अनिश्चित

ललितपुर — सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा कलेक्सन’ नामले परिचित तुल्सी अधिकारीविरुद्ध दायर गरिएको करिब ५०० पृष्ठ लामो अभियोगपत्रमाथिको अदालत प्रक्रिया मंगलबार पनि टुंगिन सकेन। बकपत्र (बयान) प्रक्रिया नसकिएपछि उनलाई पुनः ललितपुर जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको छ।

ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार अदालतमा बयान जारी रहेकाले थुनछेक बहस हुन नसकेको हो। “बयान प्रक्रिया पूरा नभएकाले थुनछेक बहस अघि बढ्न सकेन,” उनले बताए।

तुल्सी अधिकारीविरुद्ध कुमार चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको हो।

अनुसन्धानका क्रममा अधिकारीको नाममा करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको वैधानिक स्रोत पुष्टि हुन नसकेको प्रहरीको दाबी छ। स्रोत खुल्न नसकेको उक्त सम्पत्तिका आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत दायर गरिएको छ।

अदालतमा बकपत्रका क्रममा तुल्सी अधिकारीले भने आफूले कुमार चिमोरियाबाट कुनै रकम नलिएको दाबी गरेकी छन्। उनका अनुसार ‘विष्णु’ नामका एक व्यक्ति उनका व्यापारिक साझेदार हुन् र चिमोरियाले सोही कारोबारसँग सम्बन्धित विषयलाई लिएर रकम दाबी गरेका तुलसाले बयानमा भनेकी छिन ।तर तथ्य र प्रहरी सोर्तका अनुसार तुलसाले सम्मानित अदालतलाई झुक्यानमा पार्ने किसिमको विरोधाभास बयान दिएकी हुन ।टिकटकरको आवरणमा तुलसाले अरु थप सोझा सिधा पुरषहरुलाई परिवबन्धमा पारी ठगि गरेको आशंका हुन थालेको छ।

प्रहरीका अनुसार अधिकारी २०८२ भदौ महिनादेखि फरार थिइन्। उनी फरार रहँदा चीन हुँदै थाइल्याण्ड पुगेकी थिइन्। पछि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा गत शुक्रबार पक्राउ गरी नेपाल ल्याइएको हो।

उनीविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान तथा न्यायिक प्रक्रिया जारी छ। अदालतको आगामी सुनुवाइपछि थुनछेक सम्बन्धी निर्णय हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२० घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
240 Shares