

मुस्ताङमा रोकिएका बीवाईडीका ७७५ विद्युतीय सवारी साधन फुकुवा
मुस्ताङ । मुस्ताङका विभिन्न नाकामा सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बीवाईडी कम्पनीका ७७५ वटा विद्युतीय सवारी साधन फुकुवा गरिएको छ।
प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीचको नीतिगत समन्वय तथा छानबिन समितिको प्रतिवेदनपछि रोकिएका सवारी साधन सम्बन्धित पक्षलाई जिम्मा लगाउने प्रक्रिया सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमले जनाएको छ।
यसअघि आयात प्रक्रियामा कैफियत हुन सक्ने आशंकामा कास्की, पर्वत र मुस्ताङका विभिन्न स्थानमा ती सवारी साधन नियन्त्रणमा लिइएका थिए। तर, अर्थ मन्त्रालयअन्तर्गत गठित छानबिन समितिले स्थलगत अध्ययनपछि आयात प्रक्रिया कानुनसम्मत रहेको निष्कर्ष निकालेपछि फुकुवा गरिएको हो।
जेठको दोस्रो र तेस्रो हप्तामा मुस्ताङको उत्तरी कोरला नाका हुँदै ७७५ वटा बीवाईडी विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए। तीमध्ये मुस्ताङ भन्सार कार्यालय नेचुङले ६४९ वटा सवारी साधनको भन्सार जाँचपास गरिसकेको थियो।
सशस्त्र प्रहरीका अनुसार कास्कीको हेमजामा रोकिएका ९८ र पर्वतको कुश्मामा रहेका १७ वटा सवारी साधन यसअघि नै सम्बन्धित पक्षलाई बुझाइसकिएको छ।
जोमसोम बसपार्कमा रहेका २६६ वटा सवारी साधनमध्ये २२३ वटा गन्तव्यतर्फ पठाइएको र हाल ४३ वटा मात्र बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ। बाँकी सवारी साधन पनि आवश्यक प्रक्रिया पूरा गरी क्रमशः पठाउने तयारी भइरहेको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२० घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



