
जनकपुरधाममा गुठी जग्गा अतिक्रमणविरुद्ध बहस पुनः चर्कियो
जनकपुरधाम, धनुषा — केन्द्रीय गुठी संस्थानले अतिक्रमणमा परेका गुठी जग्गा खाली गराउन सार्वजनिक सूचना जारी गरेपछि जनकपुरधाम क्षेत्रमा धार्मिक सम्पत्ति संरक्षणसम्बन्धी बहस फेरि तीव्र बनेको छ।
वर्षौंदेखि मठमन्दिर, गुठी तथा ऐतिहासिक पोखरीसँग सम्बन्धित जग्गा अतिक्रमणमा परेको विषय उठ्दै आए पनि त्यसलाई खाली गराउने प्रक्रिया प्रभावकारी हुन नसकेको सरोकारवालाहरूको भनाइ छ।
स्थानीय जानकारहरूका अनुसार २०३६ सालपछि राजनीतिक परिवर्तनसँगै गुठी सम्पत्तिमाथि अतिक्रमण बढ्दै गएको हो। मठमन्दिरका जिम्मेवार व्यक्ति, गुठी कर्मचारी, राजनीतिक संरक्षण र प्रशासनिक कमजोरीका कारण संरक्षण प्रयास कमजोर बनेको आरोप छ।
संघीय सरकारले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राखेपछि यो विषय पुनः चर्चामा आएको हो। तर विगतका अनुभवका कारण स्थानीयवासी भने कार्यान्वयनप्रति अझै पूर्ण विश्वस्त देखिएका छैनन्।
यस विषयलाई राष्ट्रिय स्तरमा पनि उठाइएको छ। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा ले जनकपुरधामका गुठी सम्पत्तिमाथि भइरहेको अतिक्रमणबारे पटक–पटक आवाज उठाउँदै आएका छन्।
जनकपुरधामका बेला कुटी, जानकी मन्दिर, दशरथ मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, हनुमानगढी लगायत २५ भन्दा बढी धार्मिक स्थलसँग सम्बन्धित जग्गा अतिक्रमणमा परेको दाबी गरिँदै आएको छ।
कतिपय स्थानमा मनखप प्रणालीको नाममा स्थायी संरचना बनेको तथा कतै जग्गा खरिद–बिक्रीसमेत भएको आरोप छ। प्रभावकारी अनुगमन र कारबाहीको अभावमा अतिक्रमण झन् संस्थागत बन्दै गएको जानकारहरू बताउँछन्।
२०६२ सालको उच्चस्तरीय अध्ययन प्रतिवेदनले जनकपुरका धेरै ऐतिहासिक पोखरी जीर्ण वा लोप भइसकेको देखाएको थियो। यस्तै, २०७७ सालको अर्को सरकारी प्रतिवेदनले धनुषामा मात्रै सयौँ बिघा गुठी जग्गा अतिक्रमणमा परेको उल्लेख गरेको छ।
गुठी संस्थानसँग अद्यावधिक अभिलेख नहुँदा वास्तविक अवस्था अझै अस्पष्ट रहेको र संरक्षण तथा फिर्ता प्रक्रिया थप जटिल बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१० घण्टा अगाडि
2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



