रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य (खुला) पदमा सांसद राजु पाण्डेको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला तर्फ) पदका लागि सांसद राजु पाण्डेले उम्मेदवारी दर्ता गरेका छन्।

उम्मेदवारी दर्तापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पाण्डेले आफू पदभन्दा जिम्मेवारी, नाराभन्दा कर्म र व्यक्तिगत स्वार्थभन्दा संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्ने व्यक्ति भएको बताएका छन्।

उनले पार्टी सभापति रवि लामिछानेले अघि सारेको सुशासन, जवाफदेहिता र परिवर्तनको मार्ग तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको परिणाममुखी कार्यशैलीबाट आफू प्रेरित भएको उल्लेख गरेका छन्।

पाण्डेले पार्टी नेतृत्वको मार्गदर्शनमा देश, जनता र संगठनलाई केन्द्रमा राख्दै इमानदारी, निष्ठा र उत्तरदायित्वसहित भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

उनको वक्तव्यमा संगठन सुदृढीकरण, आन्तरिक एकता, संस्थागत विकास र परिणाममुखी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्दै निरन्तर सक्रिय रहने उल्लेख गरिएको छ। साथै, उनले प्रतिनिधिहरूको विश्वास, साथ र समर्थनका लागि अपिलसमेत गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन जारी रहेका बेला विभिन्न पदमा उम्मेदवारी दर्ता प्रक्रिया अघि बढिरहेको छ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
९ घण्टा अगाडि

2.5kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
372 Shares