

भेरी करिडोरमा आवतजावत रोकेर सडक निर्माण
भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि रुकुम पश्चिमको चिसापानी खण्ड बन्द हुने भएको छ । निर्माणको काम चलिरहेकाले यही पुस १० देखि ३० गतेसम्म दिनमा एक घण्टा मात्र सडक सञ्चालन हुनेछ । दैनिक बिहान ६ देखि मध्यान्ह १२ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सडक अवरुद्ध रहने निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले जानकारी दिए । उनका अनुसार दैनिक मध्याह्न १२ देखि १ बजेसम्म एक घण्टा भने सडक खुल्नेछ । त्यस्तै दैनिक बेलुका ६ देखि बिहान ६ बजेसम्म पनि सडक खुला रहने उनले बताए । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पनि सूचना जारी गर्दै सडक अवरुद्ध हुने विषयमा जानकारी गराएको छ । यस अवधिमा एम्बुलेन्स, बिरामी बोकेका साधन र सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन हुने सूचनामा उल्लेख छ ।
भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि तल्लुबगर सम्मको ४० किलोमिटर सडक स्तरोन्नतिको काम चलिरहेको छ । कालोपत्र गर्ने गरी यती बिल्डर्सले काम गरिरहेको छ । अहिले डबल कटिङको काम भइरहेको छ । जसअन्तर्गत रिम्ना–चिसापानी खण्ड बन्द हुन लागेको हो ।
यस सडकको मुख्य ठेकेदार कम्पनी श्रेष्ठ कन्स्ट्रक्सन हेटौंडा रहे पनि त्यसबाट यती बिल्डर्सले जिम्मा लिएको हो । यो जाजरकोट–डोल्पा जोड्ने सडकको एक खण्ड हो ।रासस
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.1kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



