

आज विश्वभर क्रिसमस पर्व मनाइँदै
काठमाडौं । आज क्रिसमस डे हो । यो चाड नेपालको होइन तर, आजभोलि यहाँ पनि निकै महत्वका साथ मनाइन्छ । क्रिसमस नजिकिँदै गर्दा पसलहरुमा देखिने सान्टा क्लसको लुगा र टोपी, क्रिसमस ट्री र त्यसलाई सजाउने सामाग्रीहरु आदिले पनि यो कुराको पुष्टि गर्दछन् ।
आफ्ना आफन्त, साथीभाइसँग भेटघाट गर्ने, मीठोमसिनो खाने, क्रिसमस ट्री राखेर घरलाई सजाउने, उपहार आदानप्रदान गर्ने आदिजस्ता क्रियाकलाप मार्फत् मनाइने क्रिसमसलाई ईसाई धर्मावलम्बीहरुले जिजस क्राइस्टको जन्मोत्सवका रुपमा मनाउँदै आएका छन् ।
यद्यपि, आजभोलि क्रिसमस कुनै निश्चित धर्म वा भूगोलको परिधिमा सीमित छैन । त्यसैले हरेक वर्ष डिसेम्बर २५ तारिकका दिन सारा विश्व क्रिसमसको उल्लासमा रमाएको हुन्छ । यसरी भव्य रुपमा मनाइने चाड शुरु कसरी भयो होला ? सान्टा क्लसको महत्व के हो ? क्रिसमस ट्री किन अपरिहार्य छ ? लगायत जिज्ञासा धेरैको मनमा होला ।
क्रिसमसको विषयमा मिस्र र रोमका मानिसहरुको मत
मिस्र र रोमको पुरानो सभ्यतासँग सम्बद्ध व्यक्तिहरू हरियो बोटबिरुवा र रूखहरूद्वारा घरहरू सजाउँथे, जुन वर्षभर हरियो हुन्छ । उनीहरुको विश्वास थियो कि त्यसो गर्नाले सो घरमा बोक्सीहरुको कुनै असर पर्दैन । दुष्टात्मा, भूत र रोगहरू टाढा भाग्छन् । पुरातन इजिप्ट र रोमका मानिसहरू सदावहार बोटबिरुवाको शक्ति र सौन्दर्यमा विश्वास गर्थे । सोही समयदेखि नै घरघरमा सधैं हरियो हुने बिरुवा राख्न सुरु भयो ।
क्रिसमसको विशेष पहिरन सम्बन्धी व्यवस्था
जर्मनीमा यो परम्पराको सुरुवात सन् ७२२ को आसपासबाट सुरु भएको मानिन्छ । जर्मनीको सेन्ट बोनिफेसले केही दुष्ट व्यक्तिले एउटा विशाल रुख मुनि बच्चाको बलि चढाउने गरेको कुरा थाहा पाए । सेन्ट बोनिफेसले बच्चालाई बचाउनको लागि भनेर त्यो रुख नै काटिदिए । तर, सोही रुखको नजिकै अर्काे एउटा रुख बढ्न सुरु भयो । सेन्ट बोनिफेसले मानिसहरूलाई यो एउटा पवित्र रूख हो भन्दै प्रचार गर्न सुरु गरे । उनले रूखका हाँगाहरू स्वर्गतिर फर्किएको भन्दै भगवानसँग रुखको तुलना गरे । यसले रूखको बारेमा व्यक्तिहरूको दिमागमा धेरै आदर उत्पन्न गराउँदै लग्यो ।
मार्टिन लुथरसँग जोडिएको कथा
मानिसहरूले यसलाई १६ औं शताब्दीका महान् ईसाई सुधारक मार्टिन लूथरसँग पनि जोेड्ने गरिन्छ । तर, यो प्रमाणित छैन । यस कथा अनुसार सन् १५०० तिर क्रिसमसको पूर्वसन्धामा उनी एउटा हिउँले ढाकेको जंगल हुँदै हिँडिरहेका थिए । बाटामा उनले हिउँले चम्किरहेको एउटा रूख देखे । रूखका हाँगाहरू हिउँले भरिएका थिए र चन्द्रमामा चम्किरहेका थिए । त्यसबाट प्रभावित भएका उनी जब घर आए । उनले आफ्नो घरमा सल्लाको बोट लगाए । त्यसैमा धेरै मैनबत्तीहरु पनि बाले । उनले सो रुख जिसस क्राइस्टको सम्मानको लागि तयार पारेका थिए । त्यस समयदेखि क्रिसमस ट्रीलाई सजाउने परम्परा सुरु भएको हो ।
क्रिसमस रुख सजाउन कहिलेदेखि भयो सुरु ?
प्रिन्स अल्बर्टले पहिलो क्रिसमस रूख १८४१ मा इङ्ल्याण्डको विन्डसर क्यासलमा रोपेका थिए । भिक्टोरिया कालमा यी रूखहरूसँगै मैनबत्ती केक आदि रुखमा नै राख्ने गरियो । यो विश्वास गरिन्छ कि जब प्रभु येशूको जन्म भएको थियो । सो समयमा उनका बाबुआमाहरु मरियम र युसुफलाई बधाई दिनको लागि स्वर्गका प्रतिनिधिहरू पनि आएका थिए । सो अवसरमा उनीहरुले एउटा रूखमा ताराको प्रकाश परावर्तन गराएर चम्किलो बनाएका थिए । त्यहीँबाट क्रिसमस रूखको सजावटको प्रक्रिया सुरु भएको विश्वास छ । त्यही समयदेखि जसको घरमा यी रुखहरु लगाइन्छ उनीहरुको घरमा खुशीको बहार छाउने ईसाईहरुको विश्वास छ ।
बच्चाको दीर्घायुको विश्वास
मान्यता यो पनि छ कि क्रिसमस ट्मिा मैनबत्ती बाल्ने चलन १७ औं शताब्दीदेखि सुरु भएको हो । प्राचीन कालमा क्रिसमस ट्रीलाई जीवनको प्रतिक मान्ने गरिन्थ्यो । यो जीवनको निरन्तरता दर्शाउने प्रतिकको रुपमा पनि मान्ने गरिएको छ । त्यसकारण पनि यस दिन क्रिसमस ट्री घरमा सजाउँदा त्यसले बच्चाहरुको उमेर लामो हुने उल्लेख गरिन्छ ।
घरमा आउँछ सकारात्मक उर्जा
बास्तुको आधारमा पनि क्रिसमस ट्री जस्तै आकारको रुखहरु राख्दा त्यसले घरमा सकारात्मक उर्जाको विकास गराउँछ भन्ने मान्यता छ । त्रिकोणात्मक रुपमा तयार पारिएको त्यस्ता रुखहरु पञ्च महाभूत मध्येको अग्निको प्रतिक मान्ने गरिन्छ । यसकारण यसलाई सजाउँदा घरबाट नकारात्मक इनर्जीको सञ्चार हुने विश्वास गरिन्छ ।
सान्टा क्लसको आफ्नै हुलाकी ठेगाना !
हरेक वर्ष क्रिसमसका वेला हुलाकमा बालबालिकाहरुले सान्टा क्लसका लागि लेखेका चिठीहरुको ओइरो लाग्ने गरेको छ । छोराछोरीहरुले सान्टा क्लसको उत्तर किन आएन भन्दै अभिभावकलाई दिक्क लगाउँछन् भने चिन्ता नलिनुस् क्यानाडाले सान्टा क्लसको नाममा छुट्टै हुलाकी कोड पनि प्रदान गरेको छ । बालबालिकाहरुलाई निराश नबनाउनका लागि क्यानाडाको हुलाकी सेवाले उनीहरुको चिठीको उत्तर पनि आफै लेखेर सान्टा क्लसको ठेगानाबाट पठाउने गरेको छ ।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.1kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



