काठमाडौं महानगरले थापाथलीको सुकुम्बासी बस्ती हटाउन माग्यो गृहसँग सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ । बुधबार महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र लेख्दै आवश्यक सहयोगका लागि आग्रह गरेका हुन् ।

पत्रमा ‘वाग्मती किनारामा अव्यवस्थित तथा अनाधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एंव सौन्दर्यीकरण गर्ने काय तत्काल अघि बढाउन सफल हुनसकेकोले ‘थापाथलीको संरचना हटाई सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकोले सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।

Facebook Comments Box
TOP
Shares