तरकारीले उकास्यो जीवनस्तर

सिन्धुपाल्चोक । धन कमाउन विदेश जानु पर्दैन, यसको उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी बसेका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गरेको बताउछन् । छ महिना खान नपुग्ने उनको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी लिन थालेको छ । यसका साथै तामाङले ३० जनालाई रोजगारीसमेत दिएका छन् । साउदीको अनुभव सुनाउँदै तामाङले भने, “बालुवामा पाँच फिट माटो राखेर तरकारी लगाउँदा हुँदोरहेछ ।” त्यहाँको तरकारी बजारमा काम गर्दाको अनुभवलाई यहाँ प्रयोग गर्दा राम्रो मुनाफा हात पार्न सफल भएको उनले बताए । सिलढुङ्गा तरकारी सङ्कलन तथा आलु बीउ भण्डारका अध्यक्षसमेत रहनुभएका तामाङ गुनासो गर्दै भने, “सिँचाइका लागि सम्भावना भए पनि सम्बन्धित निकायमा माग गर्दा सुनुवाइ भएन ।”तामाङ तरकारीमा रासायनिक मलको सट्टा जैविक विषादी बनाएर प्रयोग गर्छन् । रासायनिक मल प्रयोग गरेको तरकारीले दीर्घकालीन रोग बढाउने बुझेपछि उनले त्यसको बदलामा जैविक विषादी प्रयोग गर्न थालेका हुन् ।  अब त झारबाटै विषादी बनाएर तरकारीमा छर्कने गरेको छु । रासायनिक विषादी रोगको कारण भन्ने थाहा भएपछि यसको प्रयोग गर्न छाडेको तामाङले बताए । गत वर्षदेखि रासायनिक प्रयोग पूर्णरूपमा छाडेर जैविक विषादी प्रयोग गरेर तरकारी फलाइरहेको उनले बताए। गाउँघरमै पाइने तीतेपाती, उरेलुलगायतका विभिन्न झारपातबाट सजिलो तरिकाबाट विषादी बनाइरहेको उनको अनुभव छ । रासस

Facebook Comments Box
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
२ दिन अगाडि

1.5kViews 418 Shares Share on Facebook Share on Twitter स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…

TOP
Shares