चितवन राष्ट्रिय निकुञ्जमा एक महिनाको गैँडा मृत अवस्थामा भेटियो

चितवन । भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ ।  शनिबार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा  भेटिएको हो । भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको उनले जानकारी दिए  ।तिवारीका अनुसार  प्राकृतिक कारणले गौँडाको बच्चा मरेको हुन सक्छ । चालु आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा ११ गैँडा मृत अवस्थामा भेटिएका छन् । ती मध्ये आठ कालगतिले मरेका हुन् । दुई चोरी शिकारीले र एउटा गाउँ छिर्ने समयमा विद्युतीय करेन्ट लागेर मेरेको हो ।  रासस

Facebook Comments Box
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
१९ घण्टा अगाडि

1.7kViews 316 Shares Share on Facebook Share on Twitter कलिलै उमेरमा घातक रोगको सिकार हुने र ज्यान गुमाउने क्रम बढ्दो…

TOP
Shares