मापदण्डभन्दा बढी धूवाँ फाल्ने २० सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँको  सुकेधारामा सोमबार गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूवाँ फाल्ने  २० वटा सवारी साधन कारबाहीमा परेका छन् ।मापदण्डभन्दा बढी धूवाँ फाल्ने पिकअप भ्यान ६,  भाडाका बस ५, माइक्रोबस ४, हात्ती गाडी ३, टाटासुमो १  र  पर्यटक गाडी १  गरी  २० ओटा सवारी साधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले सोमबार सुकेधारामा  ४६ वटा सवारी साधनलाई चेक गर्ने क्रममा  मापदण्डभन्दा बढी धूवाँ फाल्ने २० वटा सवारी साधन कारबाहीमा परेका हुन् ।सवारी साधन मर्मत पश्चात पुनः चेक गराई तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।रासस

Facebook Comments Box
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
१९ घण्टा अगाडि

1.7kViews 316 Shares Share on Facebook Share on Twitter कलिलै उमेरमा घातक रोगको सिकार हुने र ज्यान गुमाउने क्रम बढ्दो…

TOP
Shares