तुलसीपुरमा सामूहिक खेती फस्टाउँदै

हुस्सुले धपक्कै ढाकिकरहेको थियो । तपतप शीतका थोपा खसिरहेका थिए । तर तुलसीपुर उपमहानगरपालिका– १२ कचिलाका महिलामा त्यसको कुनै प्रवाह थिएन । एक हातमा कुटो, अर्को हातले छुपु–छुपु प्याजका बेर्ना रोपिरहेका हुन्छन् ।कोही प्याजका बेर्नामा पानी हालिरहेका हुन्छन् भने कोही जमिन सम्ह्याइरहेका हुन्छन् । त्यहाँ २५ किसानको दैनिकी अहिले त्यसरी नै बितिरहेको छ । त्यहाँ २५ महिला किसान मिलेर सामूहिक प्याजखेती गरेका छन् । रोपिसकेपछि पनि पालैपालो हेरचाह गर्दै आएका छन् ।

हरियाली कृषक आमा समूहमार्फत सामूहिक उत्पादनको अभ्यास गरिरहेका छन् । तुलसीपुरको कृषि उत्पादनका हिसाबले सबैभन्दा राम्रो क्षेत्र मानिएको कचिलामा प्याज पकेट क्षेत्र घोषणा गरेपछि त्यहाँ समूह बनाएर उत्पादनमा जोडिएको हो । कृषि ज्ञान केन्द्रले लगातार तीन वर्ष  त्यहाँ सामूहिक प्याजखेतीका लागि आर्थिक सहयोग गर्दै आएको छ ।

विसं २०७७/७८ मा रु १० लाख सहयोग गरेको ज्ञान केन्द्रले २०७८/७९ मा रु दुई लाख र चालु वर्षमा रु पाँच लाख सहयोग गरेको छ । त्यसले गर्दा पनि त्यहाँका महिलाले करिब १५ बिघा क्षेत्रफलमा सामूहिक खेती गर्ने गरेका छन् । गएको वर्ष मात्रै प्रत्येक महिलाको भागमा १५ क्विन्टल प्याज परेको स्थानीय विन्दु चौधरीले बताइन् ।

“गएको वर्ष सिँचाइ अभाव भयो, ढिला गरी बेर्ना रोप्यौँ”, उनले भनिन्, “त्यसले गर्दा उल्लेख्यरूपमा उत्पादन भएन, एउटाको भागमा १५ क्विन्टलमात्रै प-यो ।” यो वर्ष उत्पादन बढ्ने अपेक्षा रहेको उनले बताए ।

जग्गा भाडामा लिएर उनीहरुले यसरी व्यावसायिक प्याजखेती गरेका छन् । आफैँ बीउ तयार गरेर रोप्ने गरेको किसान दशनी चौधरीले बताइन् । उत्पादन राम्रो भए पनि बजारीकरणका लागि भने समस्या हुने गरेको उहाँ गुनासो पोख्छिन् । “गएको वर्ष उत्पादन भएको प्याज हामीले बिक्री गर्न निकै समस्या भयो, छिटुवामा कहिल्यै यता डुलाउने, कहिल्यै उता डुलाउने भयो”, उनले भनिन्, “पछि नबिकेपछि त्यसै घर फर्काउनुपर्ने अवस्था भयो ।”

प्याज तीन महिनामा फलिसक्छ । प्याजलाई एक नम्बरको रु तीन सयमा बेच्ने गरेको दशनीले बताइन् । यसरी सामूहिक खेती गरेरै उनीहरूको घर चल्ने गरेको छ । छोराछोरीलाई पढाउनेदेखि दैनिक घर खर्च चलाउनेसम्मको काम गरेको स्थानीय मीनकुमारी चौधरीले बताइन् ।

उनीहरूले ती जग्गामा प्याजमात्रै सामूहिक गर्ने गर्छन्, त्यसपछिका खेती भने सम्बन्धिन जग्गाधनीले मात्रै लगाउने गर्छन् । आफूहरूले प्याजको सिजनमा मात्रै जग्गा भाडामा लिएको उनले बताइन् । “प्याजको सिजनमा हामीले जग्गा भाडामा लिन्छौँ”, उनले भनिन्, “त्यो भन्दा अन्य बालीमा सम्बन्धित जग्गाधनीले नै लगाउने गर्छन् ।” कचिलाका खेतमा वर्षमा तीन सिजनमा तरकारी उत्पादन हुने गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताए ।

प्याजको सिजनपछि त्यहाँ मकैखेती हुने गर्छ भने मकै उत्पादनपछि आलुखेती हुने गर्छ ।  प्याजमा पकेट क्षेत्र बनाएर कृषि ज्ञान केन्द्रले सहयोग गरेपछि सहज भएको अध्यक्ष चौधरीको भनाइ छ । उनका अनुसार ज्ञान केन्द्रले आर्थिकसँगै औषधि, मल, बीउमा पनि सहज हुँदै आएको छ । बजारीकरणमा देखिएको समस्या भने अत्यधिक छ । राति ३ बजे उठेर यहाँका महिला बजारमा उत्पादन सामग्री लिएर जान्छन् । तर भारतीय तरकारीका कारण यहाँ उत्पादन भएको तरकारी बिक्री नहुँदा फर्काएर ल्याउनुपर्ने अवस्था छ । रासस

Facebook Comments Box
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
२ दिन अगाडि

1.5kViews 418 Shares Share on Facebook Share on Twitter स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…

TOP
Shares