

राजधानीमा फैलियो बर्डफ्लु
काठमाडौं । राजधानीका विभिन्न स्थानमा बर्डफ्लुको संक्रमण देखा परेको छ । सरकारले राजधानीका कुखुरा फर्ममा नै वर्डफ्लुको संक्रमण देखिएपछि आम उपभोक्तालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
ललितपुरको खुमलटार, काठमाडौंको रामकोट र तारकेश्वरमा रहेको कुखुरा फर्ममा रहेका कुखुरामा बर्डफ्लु संकमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।
खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र ललितपुरले जानकारी दिएको छ । ती फर्ममा वर्डप्mलु देखिएपछि सबै कुखुरा नष्ट गरिएको केन्द्रले जनाएको छ ।कुखुराको मासु सकेसम्म प्रयोगमा नल्याउनसमेत मन्त्रालयले आग्रह गरेको छ । सरकारले राजधानीका शंकास्पद क्षेत्रमा उच्च निगरानी राख्नुका साथै परीक्षण गर्ने कामलाई तीव्रता दिएको छ ।
समाज
थप सामाग्री-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
२ दिन अगाडि
1.5kViews 418 Shares Share on Facebook Share on Twitter स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



