
तिन एआईजी बढुवा सिफारिससँगै आईजीपीको प्रतिस्पर्धी बढे
काठमाडौं, २ चैत । नेपाल प्रहरीमा तीनजना एआईजीको बढुवा सिफारिससँगै भावी आईजीपीका आकांक्षीबीच प्रधिस्पर्धा बढेर गएको छ ।
एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापा र मंगलबार एआईजी बढुवाको सिफारिसमा परेको रविन्द्र धानुक, धीरजप्रताप सिंहबीच प्रतिस्पर्धा हुने भएको हो ।
मंगलबार नै डीआईजी वसन्त पन्तलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । उनी हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची भएकाले उनले आईजीपीसँगै अवकाश पाउनेछन् । यस्तोमा उनी आईजीपीको दौडमा हुने छैनन् ।
पोखरेल र थापा भने यसअघि नै एआईजी थिए । एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् । आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले पनि अवकाश पाउनेछन् ।
आईजीपीका ब्याचीहरू सबै एकै मितिमा अवकाश पाउने भएपछि भावी आईजीपीका लागि एआईजीहरू पोखरेल, थापा, धानुक र सिंहबीच प्रतिस्पर्धा हुनेछ । नयाँ आईजीपीले नै निर्वाचन सुरक्षाको कमान्ड गर्ने अवसर प्राप्त गर्नेछन् ।
एआईजीहरू पोखरेल र थापा आईजीपी क्षेत्रीका वैकल्पिक हुन् । सिंह र धानुक पनि पोखरेल, थापाकै ब्याची हुन् । यस्तोमा सरकारले जसलाई पनि आईजीपी नियुक्त गर्न सक्छ । प्रधानमन्त्रीले रुचाएको व्यक्ति नै प्रहरीमा आईजीपी बन्दै आएका छन् ।
अहिले प्रधानमन्त्री शेरबहादुर देउवा छन् भने उनकै पार्टीका बालकृष्ण खाँण गृहमन्त्री छन् । यस्तोमा प्रधानमन्त्री र गृहमन्त्रीले रुचाएको व्यक्ति आईजीपी बन्ने सम्भावना रहन्छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



