देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो

२५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु-याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।रासस

Facebook Comments Box
प्रहरी श्रीमती संघद्वारा बुटवलमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न
२० घण्टा अगाडि

1.7kViews 497 Shares Share on Facebook Share on Twitter बुटवल । नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी…

TOP
Shares