बाबु हराए, आमालाई पनि कोरोनाले लगेपछि अनागरिक बनेका यी दिदीबहिनी

काठमाडौँ — ‘साँघुरो गल्लीमा मेरो चोक छ,

यहाँ के छैन ? सबथोक छ ।’

कवि भूपी शेरचनको यो पंक्ति धोबीधाराभित्रको गल्लीमा बस्ने सविना–दीपिकाको जीवनमा जोडिएको दुःखान्त कथासँग मेल खान्छ । यी दिदीबहिनीसामु ‘टुहुरो’ हुनुभन्दा पनि ठूलो संकट तेर्सिएको छ– ‘अनागरिक’ हुनुको ।

पूरै रहस्यमयी चलचित्रजस्तो लाग्ने यस कथामा सिन्धुपाल्चोक मूलघर भएका दीपक कोइराला र धरान, छाताचोककी सन्जमाया बम्जनको काठमाडौंमा भेटघाट हुन्छ । दैनिक ज्यालादारीका भरमा जीवन गुजारा गर्ने दुवैको मन मिलेपछि सँगै रहन, बस्न थाल्छन् । जीवनयापनको आ–आफ्नै धपेडी र अन्तरजातीय विवाहको तिरस्कारमाझ दुवैले नागरिकता झिक्न वा विवाह दर्ता गर्नसमेत पाएका थिएनन् । त्यही क्रममा जन्मिएकी जेठी छोरी सविना कोइराला ९तामाङ० आज २६ वर्ष पूरा भएकी छन्, जो अहिले आफ्ना बा–आमाको परिबन्दका कारण खेप्नुपरेको पीडा सुनाइरहेकी छन् । आमा सन्जमाया धोबीधारा गल्ली–टोलमा संगीता तामाङ नामले चिनिएकी रहिछन्, उनको सहृदयी र विनयी स्वभाव टोलवासीले अझै सम्झिरहेका छन् ।‘म डिल्लीबजारकै एक स्कुलमा ५ कक्षामा पढ्दै थिएँ, म ९ वर्षको हुँदा बहिनी पनि जन्मिएकी थिइन्, दुःखै गरेर भए पनि जीवन चलिरहेको थियो,’ मुस्किलले दुई दिदीबहिनी अटाउने डेरामा भेटिएकी सविना सुनाउँदै थिइन् ।उनले थपिन्, ‘बहिनी एक वर्षकी थिई, एक बिहान कोठाबाट निस्किएका बा फेरि फर्केर कहिल्यै आउनुभएन । प्रहरीमा सोधखोजका लागि जान पनि पाएनौं किनभने बुबाले आफ्ना कागजात, तस्बिर सबै साथैमा लिएर हिँड्नुभएको रहेछ । बुबाको नाम दीपक कोइराला र ठेगाना सिन्धुपाल्चोकबाहेक अरू विवरण र परिचय केही थिएन । बुबाले आफ्नो घर देखाउन परिवारलाई कहिल्यै नलगेको र आमा आफ्नो माइती कहिल्यै नगएको कुरा मलाई पनि थाहा थियो । आजको कान्तिपुर दैनिकबाट

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि

2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares