
मर्यादापालकबाट पत्रकारमाथि दुर्व्यवहार भएकोमा महासंघको आपत्ति
काठमाडौँ । संघीय संसद्मा समाचार संकलनका क्रममा रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार शम्भु दंगाललाई मर्यादापालकबाट गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।मंगलबार प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका लागि गठन गरेको उपसमितिको बैठकको निमन्त्रणा पाएका पत्रकार दंगाललाई मर्यादापालकबाट समाचार संकलनमा जुटिरहेको अवस्थामा माथिको आदेश भन्दै पाखुरामा समातेर बाहिर निकालेका थिए ।
महासचिव रोशन पुरीले स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटिरहेका पत्रकारमाथि संसद्को मर्यादापालकबाट भएको हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरुद्ध रहेको बताएका छन् । ‘संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान र ख्याल गरी यस्ता घटना दोहोरिन नदिई प्रेसमैत्री वातावरण तयार पार्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ,’ पुरीले विज्ञप्तिमा भनेका छन् ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि
2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



