
बारामा वन अतिक्रमण तीव्र रुपमा बढ्दै
बारा, १८ असार । बारामा वन अतिक्रमण तीव्र रुपमा बढ्दै गएको छ । वन क्षेत्र मानव अतिक्रमणको चपेटामा परेकाे छ । नियन्त्रणको प्रयास हुन नसक्दा वन अतिक्रमण बढ्दै गएको हो । भरतगंजसिगौल चकरी, नयाँबस्ती, डम्मरपुर, भक्तलाल, ककरी, बोधवन, हरैया, जैतापुर, पथलैया लगायत विभिन्न स्थानमा गरी करीब १० हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको हो । 
निजगढ नगरपालिका- १ भरतगन्जसिगौलमा रहेको सबैभन्दा बढी अतिक्रमणमा परेको ब्रम्हबाबा सामुदायिक बनका सचिब राजकुमार थापाले वन समितिका केही ब्यक्तीहरुनै अतिक्रमणमा लागेपछि वन अतिक्रमण बढेको बताए । जिल्लामा रहेका सामुदायिक र साझेदारी वन समितिका पदाधिकारीहरुको निष्कृयताले अतिक्रमण बढेको हो । सिगौंलकै जनशक्ती सामुदायिक वनका अध्यक्ष निर्मल कुमार केसीले राजनैतिक हस्तक्षेपका कारण वन अतिक्रमण बढेको बताउँछन् । वनजङ्गल क्षेत्रमा रुखको जरामा आगो लगाएर सुकाउने र अतिक्रमण गरी खेतीपाती, घरटहरा बनाएर कब्जा गरेको भएपनि नियन्त्रणका प्रभावकारी कार्य हुन सकेको छैन ।
बन समितिहरु निस्कृय भएका कारण संरक्षणमा चुनौती आएको निजगढ सब डिभिजन कार्यालय धन्सारका प्रमुख एवम सहायक वन अधिकृत रघुनाथ दासले बताए । स्थानीय सरकार प्रहरी प्रशासनको सहयोग विन अतिक्रमण हटाउन नसकिने अवस्थामा पुगेको डिभिजन वन कार्यालय बाराका प्रमुख अधिकृत विनोद सिंहले बताए ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१४ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



