
काभ्रेका पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा
काठमाडौं। काभ्रेपलान्चोक जिल्लामा सकृय पत्रकारिता गर्दै आएका पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाएका छन ।
बजगाईंले काभ्रेको धुलिखेल नगरपालिका वडा नं १२ मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाएका हुन ।
पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक समेत रहेका बजगाईले आज सोमबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर)को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गरेका छन । बजगाँईले गत वर्षका जन्म दिन र अवसरहरूमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दै आएका थिए ।
जन्मदिनको अवसरमा उनले सेवा घरका अभियान्ता सुरेश हुमागाईलाई चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, मञ्जन, ब्रश फिनेल, सरफ, फलफूल, बिस्कुटसहित खाद्यान्न र लत्ता कपडा हस्तान्तरण गरेका हुन ।
सामग्री बुझ्दै अभियान्ता सुरेश हुमागाईले यस्ता सहयोगी कै कारण “सेवा घर” असाहयको साहारा बन्न सकेको बताए।
उक्त सामाग्री वितरण कार्यक्रममा धुलिखेल–१२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेले यस्तै सहयोगी भावनाका मान्छेहरुको साथले सेवा केन्द्र चलिरहेको भन्दै नगरपालिका र वडाले पनि सेवा केन्द्रलाई साथ दिएर जग्गा र तयारी भवन उपलब्ध समेत गराएको बताएका छन।
सेवा घरकी अभियान्ता जुनिता नगरकोटी श्रेष्ठले मानव कल्याण समाजले आफ्ना सात वटा सेवा केन्द्र मार्फत असाहयहरुको सेवा गरि रहेको र सबै सेवा केन्द्रमा गरी अहिले करिव ३ सय जना जति सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएका असाहयहरु मानव कल्याण समाजको सेवा केन्द्रमा रहेका बताईन
सार्वजनिक स्थलहरूमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरूको सेवाको लागि ६ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो।
जहाँ सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले जानकारी दिएकी थिइन ।मानव कल्याण समाजको शाखा कार्यालय काभ्रेमा खुलेदेखि नै पत्रकार बजगाईले आफ्नो जन्म दिन यहि आएर मनाउने गरेका छन। यो सेवा घरमा अहिले ७० जना असहायहरु रहेका समेत उक्त कार्यक्रममा बताईएको छ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१७ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



