
अखिल कपकाे उपाधि मणिमुकुन्द कलेज लाई
भैरहवा, १८ चैत
बुटवलमा सम्पन्न अखिल कप २०७८ को उपाधि मणिमुकुन्द कलेजले हात पारेको छ । अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष स्व रामनाथ ढकालको स्मृतिमा बिहीबार सम्पन्न जिल्ला स्तरिय अन्तर कलेज भलिबल प्रतियोगिताको फाईनलमा बुटवल बहुमुखी क्याम्पसलाई ३–० को सेटमा पराजित गर्दै मणिमुकुन्द कलेजले उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद ३३ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ। उपविजेता बुटवल बहुमुखी क्याम्पस नगद २२ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
अनेरास्ववियु जिल्ला कमिटी रुपन्देहीको आयोजनामा बुटवल बहुमुखी क्याम्पसको भलिबल कोर्टमा भएको खेलमा मणिमुकुन्द कलेजले लगातार पहिलो, दोस्रो र तेस्रो सेट २५–१९, २५–२३, २६–२४ अंकको सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेको हो। प्रतियोगितामा यज्ञाेदय दुधनाथ थारु बहुमुखी क्याम्पस तेस्रो स्थान हासिल गर्दै नगद ११ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ।
एक समारोहकाबीच नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यमराज पाण्डे, नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, अनेरास्ववियु सचिवालय सदस्य बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य नवीन थापा सारु, साजन भण्डारी, कृष्ण बश्याल, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, बुहमुखीका डा खिमानन्द न्यौपाने, नेपाल पत्रकार महासंघका सल्लाहकार दिनेश पाण्डे, प्रेस चौतारी नेपालका जिल्ला उपाध्यक्ष भगवती पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, सचिव प्रकाश पराजुलीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले प्रतियोगितालाई अझ परिस्कृत गर्दै लैजानुपर्ने सुझाव दिए । आफनो खेल जिवनको स्मरण गर्दै बुटवल खेलको उर्वरभुमि भएको बताए। खेलस्तरलाई बढाउन थप प्रतियोगितामा भाग लिनुका साथै नियमीत प्रशिक्षण बढाउन आग्रह गरे। प्रतियोगितामा जिल्ला २२ वटा कलेजहरुले भाग लिएका थिए ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१९ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



