नक्कली भुटानी शरणार्थी प्रकरण : डा • आरजु राणा र दाङका सन्देश शर्मा बिच भएको भलाकुसारीले मेल खायो

काठमाडौँ असार २४  । चर्चित  नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणा देउवालाई रकम बुझाएको भनेर सार्वजनिक भएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मेल खाएको छ ।उक्त अडियो परीक्षणका क्रममा शर्मासँग मिलेको नेपाल प्रहरीले जनाएको छ । उक्त अडियो बाहिर आएपछि डा. राणाले नक्कली अडियो भएको भन्दै यसबारे जाँच गर्न माग गर्दै गत वैशाख २७ गते नेपाल प्रहरीको साइवर व्युरोमा उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा परीक्षण गर्दा अडियो शर्माको आवाजसँग मेल खाएको प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जनाएका छन् ।

उपरोक्त सम्बन्धमा मा. डा. आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा ’स्पिकर्स आइडेन्टिफिकेसन ट्रेइट्स म्याच’ भनी उल्लेख भएको जुन स्वर (भ्वाइस ) जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका वर्ष ३४ को सन्देश शर्माको ’कन्ट्रोल स्याम्पल’ सँग मेल खाएको’, कडायतले भनेका छन्, ’कहाँ र कसबाट ’ओरिजिनेट’ भएको भन्ने सम्बन्धमा ’टिकटक’ सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन नसकेको’ निज सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली सम्मानित जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकोले निज सन्देश शर्मासँग सम्बन्धित थप विवरण सम्मानित अदालतबाट उपलब्ध हुने व्यहोरा जानकारी गराइएको छ ।’

356175569_232336519689222_6568856874241333457_n

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares