राष्ट्रिय झण्डा ओढाएर गायक तामाङको बिदाइ

ख्यातिप्राप्त रकस्टार तथा अभिनेता रबिन तामाङलाई राष्ट्रिय झण्डा ओढाएर बिदा गरिएको छ।
आइतबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको उनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय झण्डा ओढाएर उनको अन्तिम बिदाइ गरिएको हो। तामाङको पार्थिव शरीरमा मन्त्री, सरकारी अधिकारी, राजनीतिज्ञ, कलाकर्मी र उनका शुभेच्कछुकले फूलमाया चढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

मन्त्री किराँतीले श्रष्टाको निधनपछि श्रद्धाञ्जलिका लागि राख्ने व्यवस्थित ठाउँ पनि नभएको महशुस भएको र आफ्नो कार्यकालमा व्यवस्थित भवन बनाउने बताए। सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाक्षेत्रले उज्ज्वल नक्षत्र गुमाएको जनाइन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तामाङले समकालीन पुस्ताको चर्चित गायकलाई गुमाउनुपर्दा दु :ख लागेको बताए।

गायक/गायिका तथा शुभेच्कछुकले गायक तामाङको सम्मानमा उनका दुई चर्चित गीत केटाकेटी र गुलाब गाएका थिए। फ्रान्समा रहेका दुई छोरी नेपाल फर्केपछि स्व. रबिन तामाङको पार्थिव शरीरको आइतबार नै शोभा भगवतीमा अन्तिम संस्कार गरिएको छ। गायक तामाङ मंगलबार बुढानीलकण्ठस्थित निवासमा मृत भेटिएका थिए।

तामाङको स्वर अन्तिम गीत धुवां सार्वजनिक गरिएको छ। निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले फिल्मका लागि तयार पारेको उक्त गीत गायक तामाङको असमायिक निधन भएपछि उनीप्रति अन्तिम श्रद्धाञ्जलिस्वरुप सार्वजनिक गरेका हुन ।

एमआईसी युटुबच्यानलबाट सार्वजनिक गरिएको गीतले जिन्दगीलाई धुवाँमा नउडाउन सन्देश दिएको छ। गीतमा गायक तामाङलाई अर्का लोकप्रिय गायक राजेशपायल राईले स्वरमा साथ दिएका छन्। सुरेश राईको शब्द तथा संगीतमा रहेको गीतमा राजेश र रबिनलाई नै फिचर गरिएको छ। गीता ड्डयापको शब्द भने रबिनले नै लेखेका छन्। सोनाम तामाङको छायांकनमा तयार भएको भिडियो निरञ्जन पाण्डेले सम्पादन गरेका छन्।नेपाल समाचारपत्र बाटसाभार

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares