नवौं राष्ट्रिय खेलकुद जेठमा

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठमा आयोजना हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको हो।युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले प्रतियोगिताको मिति तय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले जानकारी दिए। ‘बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी २०७९ साल जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐेतिहासिक निर्णय गरेको छ’, मन्त्री गहतराजले भने, ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता १९औं एसियाली खेलकुदको छनोट प्रतियोगिता पनि हो।’ १९औं एसियाली खेलकुद २०७९ भदौ २५ गतेदेखि असोज ९ गतेसम्म चीनको हान्झाउ सहरमा आयोजना हुँदैछ।

यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता लुम्बिनी प्रदेशमा २०७६ वैशाख ५ देखि ११ गतेसम्म सञ्चालन भएको थियो। त्यही प्रतियोगिताको समापनका अवसरमा गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी लिएको थियो। राष्ट्रिय खेलकुद परिषद्का तत्कालिन सदस्यसचिव तथा कार्यकारी समितिका संयोजक केशवकुमार विष्टले तत्कालिन गण्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई नवौं संस्करणको प्रतियोगिता आयोजनाका लागि झन्डा हस्तान्तरण गरेका थिए।

आठौं राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश गरिएको थियो। अधिकांश खेलहरू लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रूपन्देही जिल्लामा सञ्चालन भएको थियो। भौतिक पूर्वाधार अभावका कारण स्क्वास ललितपुर, प्याराग्लाइडिङ कास्की र गल्फ काठमाडौंमा आयोजना गरिएको थियो। प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, सातवटै प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट आउने नौ देशका खेलाडीसहित पाँच हजार दुई सय ११ खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफले शीर्ष तीन स्थान हात पारेका थिए। प्रतियोगितामा सर्वाधिक १२ स्वर्ण आर्मीकी गौरिका सिंहले जितेकी थिइन्। पदक तालिकामा पहिलो स्थान हात पारेको आर्मीले तीन सय ७२ मध्ये एक सय ४० स्वर्ण जित्यो। यस्तै ८१ रजत र ६७ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो। यसैगरी दोस्रो स्थानको पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ कांस्य तथा तेस्रो भएको एपीएफले ५३ स्वर्ण, ७० रजत र ८१ कांस्य प्राप्त गर्‍यो। विभागीय टोलीपछि सर्वाधिक पदक बागमती  प्रदेशले जितेको थियो। प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० कांस्य जितेको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares