
पीएसजीको सहज जित
बैशाख ८,काठमाडौं ।पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ३–० गोल अन्तरले हराएको हो । पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे, सर्जियो रामोस र मार्कविन्होसले एक–एक गोल गरे ।
खेलको २८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा रामोसले गोल गर्दै टोलीको अग्रता २–० को बनाए । ७७ औं मिनेटमा वार्कविन्होसले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए । जितसँगै पीएसजीले पीएसजीले ३३ खेलमा ७७ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।
पीएसजीलाई उपाधि जित्न एक जितको आवश्यक छ । दोस्रो स्थानको मार्सेलीले नान्टेसलाई हराएपछि पीएसजीले उपाधिका एक खेल अझै पर्खनु पर्ने भएको हो । पराजित एन्जर्स ३४ अंक जोडेर तालिकाको १४ औं स्थानमा छ । यो समाचार रातोपाटीबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



