हेलो सरकारमा तेब्बरले बढे गुनासा, ५९ प्रतिशत सम्बोधन

काठमाडौँ  । हेलो सरकारलाई चौबिसै घण्टा सञ्चालनमा ल्याएपछि त्यसमा पर्ने उजुरी तेब्बर वृद्धि भएका छन्। सरकारी निकायबाट प्रवाह हुने सेवाबारे गुनासो र सुझाव दिने उद्देश्यले सरकारले सञ्चालन गरेको हेलो सरकारमा पछिल्लो समय जनगुनासो र सुझाव वृद्धि भएको जनाइएको छ।आमनागरिकका गुनासा र सुझाव सिधै केन्द्र सरकारले सुन्ने र समाधान गर्ने उद्देश्यले विसं २०६४ सालदेखि हेलो सरकार सुरु भएको थियो। यसलाई थप प्रभावकारी र परिणाममुखी बनाउन गत भदौ १७ देखि चौबिसै घण्टा हेलो सरकार सञ्चालनमा छ। हेलो सरकारमा देश र विदेशका जुनसुकै स्थानबाट उजुरी, गुनासो र सुझाव लिन सकिने गरी निःशुल्क टेलिफोन सेवा र सामाजिक सञ्जालको व्यवस्था गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सुशासन महाशाखाका प्रमुख सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले हेलो सरकार चौबिसै घण्टा सञ्चालनमा आएसँगै गुनासो तेब्बरले बढेको जानकारी दिनुभयो। उपाध्यायका अनुसार दैनिक औसत ५० टेलिफोन र ४० वटा सामाजिक सञ्चार माध्यमबाट गुनासो आउने गरेकोमा पछिल्लो समय औसत १५० टेलिफोन र १२० वटा सामाजिक सञ्चारबाट गुनासो आउन थालेको छ। हेलो सरकार चौबिसै घण्टा सुरु भएको पछिल्लो १७ दिनमा मात्र दुई हजार ६५० वटा गुनासो टेलिफोनबाट दर्ता भएका छन्।

सोही अवधिमा फेसबुक, इमो, ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सञ्जालबाट थप एक हजार ८०८ गुनासो दर्ता भएका छन्। महाशाखाले यसरी आएका गुनासोलाई तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई पत्राचार गरिसकेको जनाएको छ।

हेलो सरकारमा सबैभन्दा बढी गुनासो त्रिभुवन विश्वविद्यालय तथा नेपाल परीक्षा बोर्डबाट प्रदान गर्ने समकक्षता पाउन झेल्नु परेको झन्झट, लोडसेडिङ अन्त्य भए पनि बत्ती जाने समस्या, व्यक्तिगत लेनदेनबाट हुने ठगी, वैदेशिक रोजगारीका नाममा ठगी भएका गुनासा बढी रहेको महाशाखाले जनाएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
६ घण्टा अगाडि

1.6kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…

TOP
Shares