भेनेजुएलामा शक्तिशाली भूकम्प, मृतकको संख्या २३५ पुग्यो

काराकास । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २३५ पुगेको छ। लगातार आएका दुई ठूला भूकम्पका कारण देशभर ठूलो जनधनको क्षति भएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार पहिलोपटक ७.२ म्याग्निच्युडको भूकम्प गएपछि केही सेकेन्डमै ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्प जमिनको सतह नजिकै केन्द्रित भएकाले क्षति धेरै भएको बताइएको छ।

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार हालसम्म २३५ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। भग्नावशेषमा अझै मानिसहरू फसेको र ठूलो संख्यामा मानिस बेपत्ता रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
229 Shares