

नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा, ट्युनिसियामाथि ३–१ को जित
काठमाडौँ । खेलको सुरुवाती सात मिनेटमै दुई गोल गर्दै नेदरल्यान्ड्सले ट्युनिसियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ को समूह ‘एफ’ विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
रोनाल्ड कोम्यानको टोलीले अब अन्तिम ३२ को खेलमा समूह ‘सी’ को उपविजेता तथा सन् २०२२ को विश्वकप सेमिफाइनलिस्ट मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल आगामी मंगलबार मोन्टेरेमा हुनेछ।
खेलको तेस्रो मिनेटमै डेन्जेल डमफ्रिजको क्रस क्लियर गर्ने क्रममा ट्युनिसियाका कप्तान एलिस स्किरीबाट आत्मघाती गोल भएपछि नेदरल्यान्ड्सले अग्रता बनाएको थियो। त्यसको चार मिनेटपछि नै ब्रायन ब्रोबेले भर्जिल भान डाइकको पासलाई सदुपयोग गर्दै दोस्रो गोल थपे।
मुसलधारे वर्षाबीच भएको खेलमा नेदरल्यान्ड्सले सुरुदेखि नै दबाब कायम राख्दै २० पटक गोल प्रयास गरेको थियो। दोस्रो हाफमा ट्युनिसियाले हाजेम मस्तौरीको हेडरमार्फत गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि जान पल भान हेक्केले कर्नरबाट हेडिङ गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे।
यो हारसँगै ट्युनिसिया समूह चरणका तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा स्विडेनसँग ५–१ को हार बेहोरेको ट्युनिसियाका लागि नेदरल्यान्ड्सविरुद्धको खेल भने प्रतियोगिताकै तुलनात्मक रूपमा उत्कृष्ट प्रदर्शन रह्यो।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





