

२४ घण्टामा २ हजार ४३८ चालक कारबाहीमा, ट्राफिक नियम उल्लङ्घनबाट २० लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४३८ जना सवारी चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट राज्यकोषमा २० लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ८५ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १३० जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १२३ जना र तीव्र गतिमा सवारी चलाउने १६० जना रहेका छन्।
यस्तै लेन अनुशासन पालना नगर्ने १२२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८८ जना, लागुऔषध सेवन गरी सवारी चलाउने ३ जना र बढी धुवाँ फाल्ने २७ वटा सवारीसाधनमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।
अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ७०० जनालाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





