सुनको भाउ फेरि बढ्यो, तोलामा ८०० रुपैयाँले वृद्धि

काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ आज सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर २ लाख ७९ हजार १०० रुपैयाँ पुगेको छ।

यसअघि हिजो सुनको भाउ तोलामा ५ हजार २०० रुपैयाँले घटेर २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने आज घटेको छ। चाँदी तोलामा ५० रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य २५० रुपैयाँले बढेर ४ हजार २३५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सात महिनाकै न्यून स्तर नजिक पुगेको थियो। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउन सक्ने सम्भावना बढेसँगै सुनको मूल्यमा दबाब परेको बजार विश्लेषकहरूले बताएका छन्।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.3kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
434 Shares