
इन्टर शीर्ष स्थानमा उक्लियो
बैशाख ११,काठमाडौं ।रोमालाई ३–१ गोल अन्तरले हराउँदै इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा डेन्जेल डुम्फ्रिसले ३० औं मिनेटमा गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा मार्सेलो ब्रोउजभिबचले गोल गर्दै इन्टरको अग्रता २–० को बनाए । लाउटरो मार्टिनेजले ५२औं मिनेटमा गोल गरेपछि इन्टर ३–० ले अघि रह्यो । ८५ औं मिनेटमा रोमाका हेनरिक मिखीटेरियनले गोल गरेपनि इन्टर ३–१ ले विजयी भयो । जितसँगै इन्टरले ३३ खेलमा ७२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पराजित रोमा ५८ अंक जोडेर पाँचौं स्थानमा छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



