तत्काल इजरायलको भ्रमण नगर्नू : सरकार

काठमाडौँ । सरकारले तत्काल इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भ्रमण तथा अन्य कामका लागि इजरायल जाने तयारीमा रहेका आफ्ना नागरिकलाई तत्काल इजरायल नजान आग्रह गरेको हो ।  मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,’हालको अवस्थामा अध्ययन तथा अन्य प्रयोजनका लागि इजरायल जान लाग्नु भएका नेपालीहरुलाई तत्काल भ्रमण नगर्न परराष्ट्र मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’ यस्तै मन्त्रालयले इजरायल घटनापछि नेपालीको अवस्थाबारे जानकारी दिन बुधबारदेखि नियमित रुपमा अपराह्न साढे ४ बजे ब्रिफिङ गर्ने भएको छ ।इजरायल हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

Facebook Comments Box
TOP
Shares