

सहायक सीडीओको खानामा शङ्खे किरा भेटिएपछि रेस्टुरेन्टलाई ५० हजार जरिवाना
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित रोयल कटेज रेस्टुरेन्टलाई खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको भन्दै जिल्ला अनुगमन समितिले ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
बर्दघाट नगरपालिकाका वडाहरूलाई बालमैत्री घोषणाका लागि अनुगमनमा निस्किएको सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी नेतृत्वको टोली अनुगमनपछि उक्त रेस्टुरेन्टमा खाना खान पुगेको थियो। सो क्रममा सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीको खानामा शङ्खे किरा भेटिएको थियो।
घटनापछि जिल्ला अनुगमन समितिले तत्काल होटलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नभएको तथा प्रयोग गरिएका सामग्रीसमेत अस्वस्थकर भेटिएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
घरेलु तथा साना उद्योग कार्यालयसहितको संयुक्त अनुगमन टोलीले होटललाई ५० हजार रुपैयाँ जरिवाना गर्दै आगामी दिनमा यस्ता कमजोरी नदोहो¥याउन निर्देशन दिएको छ।
यसअघि रास्वपा महाधिवेशनका क्रममा गृहमन्त्री सुधन गुरुङसहितको टोलीले चितवनको एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको थियो।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





