

पीएल सिंह मेमोरियल टी–२० कपमा अर्जुन कुमालको विस्फोटक शतक, प्रतियोगितामै पहिलो शतकको कीर्तिमान
वीरगञ्ज । पीएल सिंह मेमोरियल टी–२० कप अन्तर्गत वीरगञ्ज र पोखराबीच जारी रोमाञ्चक खेलमा पोखराका युवा ब्याटर अर्जुन कुमालले शानदार शतक प्रहार गर्दै प्रतियोगितामा नयाँ कीर्तिमान बनाएका छन्।
अर्जुन कुमालले मात्र ५७ बलमा शतक पूरा गर्दै प्रतियोगिताको पहिलो शतक बनाउने खेलाडी बनेका हुन्। उनले आक्रामक शैलीमा ब्याटिङ गर्दै आफ्नो इनिङ्समा १० चौका र ५ छक्का प्रहार गरे। उनको स्ट्राइक रेट १७५.४४ रहेको थियो।
खेलको सुरुवातदेखि नै आत्मविश्वासका साथ प्रस्तुत भएका अर्जुनले वीरगञ्जका बलरहरूलाई लगातार दबाबमा राखे। उनले मैदानका चारैतिर आकर्षक सट प्रहार गर्दै दर्शकलाई रोमाञ्चित बनाए।
अर्जुनको उत्कृष्ट ब्याटिङका कारण पोखराले बलियो योगफलतर्फ अघि बढ्ने आधार बनाएको छ। उनको यो इनिङ्सलाई प्रतियोगिताकै अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनमध्ये एकका रूपमा हेरिएको छ।
युवा ब्याटर अर्जुन कुमालको यो शतकले पीएल सिंह मेमोरियल टी–२० कपमा नयाँ उत्साह थपेको छ।
समाज
थप सामाग्री
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
१० घण्टा अगाडि
2.0kViews 481 Shares Share on Facebook Share on Twitter काठमाडौँ — लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६…





