आईपीएलमा मुम्बईको पहिलो जित

बैशाख १८,काठमाडौं ।राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मुम्बईमा शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको पहिलो जितमा सूर्यकुमार यादवले  सर्वाधिक ५१ रन बनाए ।                                                                                                   यस्तै तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रनको योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो ।​ राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ६७ रन बनाए । यस्तै रविचन्द्र आश्विनले २१ रनको योगदान गरे । मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले समान दुई विकेट लिए ।                                                                                           जितसँगै मुम्बईले आठ खेलपछी पहिलो २ अंक जोडेको छ । राजस्थानले ९ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ ।यो समाचार रातोपातीबाट साभार गरिएको हो ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares