
जिम्बावे‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट अभ्यास सिरिजअन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा जिम्बावे‘ए’ ले टस जितेर पहिले पहिले फिल्डीङ गर्ने भएको छ । नेपालले जिम्बावे‘ए’ विरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ । टी–ट्वान्टी सिरिज बराबरी गरेको नेपालले एकदिवसीय सिरिज जित्ने योजना बनाएको छ । तर, बलियो टोली जिम्बावे‘ए’ विरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन् । नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिजको सुखद सुरुवात गर्ने मौका छ ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।नेपाली टोलीमा :सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दिपेन्दं्रसिंह ऐरी, रोहित कुमार पौड्यल, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सुशन भारी र सागर ढकाल छन।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



