
बागमती, गण्डकी र लुम्बिनी प्रदेशमाहावाहुरीसहित वर्षा
काठमाडौं : नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागले बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्गसहित मध्यम वर्षा भइरहेको जनाएको छ। बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको बुलेटिनमा दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको पनि सम्भावना रहेको उल्लेख छ। देशका अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।
राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाले सोमबार प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग हावा हुरीसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
मंगलबा प्रदेश नं १, मधेश प्रदेश, लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावाहुरी सहित मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



