
समाजकल्याणको गोदाममा आगो आफैँ लाग्यो कि लगाइयो ?
काठमाडौं साउन २ । काठमाडौंको भृकुटीमण्डपस्थित समाजकल्याणको ह्वीलचियर गोदाममा लागेको आगो प्रकरण रहश्यमयी बन्दै गएको छ । उक्त घट्ना बारे प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । प्रहरी वृत्त, सिंहदरबारबाट आगो आफैं लागेको हो अथवा कसैले लगाएको हो भन्ने बारेमा अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार समाजकल्याण परिषद्को गोदाममा राखिएका सामानको क्षतीको विवरण मागिएको छ । प्रहरी वृत्त सिंहदरबारका एक प्रहरीले भने, “हामीले त्यहाँ राखिएको सामग्रीको विवरण मागेका छौँ । क्षतिको विवरण हेरिरहेका छौँ । अहिले अनुसन्धान भइरहेको छ । तर, कहाँबाट कसरी आगलागी भयो भन्नेबारे खुलेको छैन ।”
घट्ना रहश्यमयी देखिन्छ । समाचार स्रोतका अनुसार अघिल्लै दिन साँझपख गोदामभित्रबाट हल्का धुँवा आइराखेको अवस्थामा पनि आगो निभाउनेतर्फ कसैले चासो राखेका थिएनन् । एक्कासी भोली पल्ट मध्याह्न ह्वारह्वारती आगो दन्किन थालेपछि मात्र यस बारेमा चासो राखिएको देख्ने जान्नेहरु बताउँछन् । अझै आश्चर्यको विषय त आधा दर्जन बढी दमकलले निभाएको आगो पुनः भोलीपल्ट पनि बलिराख्नुले कतै उद्देश्य पूरा नभएकाले पुनः आगो लगाइएको त थिएन ? प्रश्न उठीरहेको छ ।
समाजकल्याण परिषद्ले आगोलागि पछि दिएको क्षतीको विवरणले घट्नालाई झन् रहश्यमय तुल्याएको छ । यसअघिको लैनचौरस्थित परिषद्को मुख्य कार्यालय त्यहाँ उपराष्ट्र्पतिको कार्यालय बस्ने भएपछि पुलचोक स्थानान्तरण गर्ने क्रममा त्यहाँ भएका महत्वपूर्ण दस्तावेज भृकुटीमण्डपको गोदाममा थन्क्याइएको बताइएको छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१६ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



