वाइसिएल द्वारा गभर्नर अधिकारीको योग्यता नपुगेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं। नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ।

गभर्नर हुनका लागि कम्तीमा स्नातकोत्तर प्राप्त गरेको व्यक्ति हुनुपर्ने प्रावधान भए पनि गभर्नर अधिकारीले कुनै पनि विषयमा स्नातकोत्तर पास नगरेको वाइसिएलको उजुरीमा उल्लेख छ।वाइसिएलका संयोजक सुमन अधिकारीले आयोगमा दर्ता गरेको उजुरीमा उनले योग्यता ढाँटेर गभर्नर पदमा नियुक्ति लिएको उल्लेख छ।गर्भनर अधिकारीले राष्ट्र बैंकमा पेश गरेको विवरण अनुसार उनले सन् १९८९ मा नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उर्तीण गरेका हुन् भने भारतबाट सन् १९९३ मा ‘सीए’ सकेका हुन्।

उजुरीमा सीए अध्ययनलाई स्नातकोत्तर मान्ने भनी कुनै पनि आधिकारिक निकायले नभनेको उल्लेख छ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१६ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares