

गैरआवासीय नेपाली संघ (एनआएनए)को महाधिवेशन अक्टोबरमा हुने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए)को महाधिवेशन अक्टोबरमा हुने भएको छ।
एनआरएनएका महासचिव गौरी राज जोशीले अक्टोबर ११ देखि १४ सम्म महाधिवेशनको निर्णय भएकाले सदस्यता खुला गरिएको जानकारी गराएका छन्।
सदस्यता खुल्ला भइसकेका एनसिसीमा तीव्र गतिमा अघि बढाउन र खुल्ला नभएका एनसिसीहरुमा तत्काल सुरु गर्न महासचिव जोशीले निर्देशन दिएका छन्।
जनवरी १९ मा बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय/पदाधिकारी बैठकको निर्णय अनुसार जुलाई महिनामा एनसिसीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरीसक्न समेत भनिएको छ।संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३-२०२५ कार्यकाल) को आधिकारिता सम्बन्धित विषय उपर सर्वोच्च अदालतले ११ औं महाधिवेशन स्वायत्त रहेको भनेर गरिएको फैसलालाई समेत महासचिव जोशीले स्मरण गराएका छन्।
संघका पूर्वअध्यक्ष शेष घले समूहले संघको महाधिवेशन आयोजना गर्ने जनाई विभिन्न पत्राचार/इमेल एनसिसीहरुमा भइरहेको जानकारी हुन आएको हुँदा उक्त पत्राचार र इमेल संघ सम्बन्धित नभएको र त्यस्तो पत्राचारमा संघको सरोकार नरहेको हुँदा भ्रम/अन्यौलमा नरहि संघको निर्देशनानुसार मात्र कार्य गर्न निर्देशन दिइन्छ,’ जोशीले एनसिसीहरुलाई गरेको पत्राचारमा भनिएको छ, ‘महान्यायाधिवक्ताको कार्यालयबाट राय लिई अघि बढ्ने सम्म सहमति भएको विषयमा परराष्ट्र मन्त्रालयबाट आवश्यक कार्य हुने नै हुँदा संघको गतिविधि र निरन्तरतालाई खलल पुग्ने गरि कुनै पनि समूहबाट कार्य हुन नसक्ने र त्यस्तो कार्य भएमा संघले स्वामित्व समेत नलिने जानकारी गराउँदछौं।’
कुनै हल्ला र भ्रमको पछी नलागि अक्टोबर११ देखि १४ (अशोज २५ देखि २८)मा हुने महाधिवेशन सम्पन्न पार्न समेत एनआरएनएले अपिल गरेको छ।
समाज
थप सामाग्री-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
२ दिन अगाडि
1.5kViews 418 Shares Share on Facebook Share on Twitter स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



