

आफूनिकट प्रहरीलाई आकर्षक चौकीमा नपठाएपछि डीआईजीले सोधे एसपीलाई स्पष्टीकरण
काठमाडौं । राजमार्गका लोथर, रातमाटे, भैंसे, बसपार्क लगायतका चितवन र मकवानपुरका आकर्षक चौकीमा विवादित र पटक–पटक निलम्बनमा परेका जुनियर अधिकृतलाई काजमा ल्याएर इन्चार्ज बनाएर अतिरिक्त कमाइमा लागेका बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी कृष्णहरि शर्माले एसपीलाई स्पष्टीकरण सोधेका छन् ।
कमाउधन्दामा साथ नदिएपछि डीआईजी शर्माले मकवानपुरका एसपी विश्वराज खड्कालाई सोमबार स्पष्टीकरण सोधेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका लेखापाल बरिष्ठ सईलाई जोडेर एसपी खड्कालाई स्पष्टीकरण सोधिएको स्रोतले बताएको छ । एसपी खड्काले मंगलबारै प्रदेश प्रहरी कार्यालयमा स्पष्टीकरण बुझाइसकेका छन् ।
डीआईजी शर्माले चितवनको लोथर र मकवानपुरको रातमाटे चेकपोष्टमा ललितपुरबाट सई बृजेशकुमार चौधरी र महोत्तरीबाट बरिष्ठ सई राजेश यादवलाई काजमा ल्याएर इन्चार्जको जिम्मा दिएका थिए । उनीहरु दुवै यसअघि घुसकाण्डमा परी पटक पटक निलम्बनमा परेका थिए । चौधरी र यादवलाई रातमाटे र लोथरमा इन्चार्जमा राखेर मधेश प्रदेशका जिल्लाबाट हुँदैआएको तस्करीको लाइन चलाउने र मकवानपुर र चितवनका पहाडी भेगबाट गाँजा भारततर्फ खुलेआम तस्करी हुँदैआएको थियो । केही समयअघि रातमाटे हुँदै तस्करी भएको गाँजा भारतमा बरामद भएको थियो ।
डीआईजीकै संरक्षणमा तस्करी हुने गरेको समाचार प्रकाशित भएपछि सई चौधरी र यादव रातमाटे र लोथरबाट तानिएका छन् । रातमाटेमा अझै पनि डीआईजीले चितवनबाट काजमा ल्याएका राखेका हवल्दार बिनय चौधरी तैनाथ नै रहेका छन् ।
डीआईजी शर्माले चितवनबाट काजमा मकवानपुर जिल्ला प्रहरी कार्यालयमा ल्याएका असई राजेश साहलाई सुरुमा हेटौंडा बसपार्कमा पठाउन एसपी खड्कामाथि दबाब दिएका थिए । बसपार्क पठाउन नमानेपछि भैंसे वा चौकीटोल पठाउन निर्देशन दिए । तर त्यहाँ पनि नपठाएपछि रुष्ट भएका डीआईजी शर्माले लेखापालको निहुँ बनाएर एसपी खड्कासँग स्पष्टीकरण सोधेको स्रोतको दाबी छ ।
असई साहले यसअघि सुनाचरी चौकीको इन्चार्ज हुँदा कांग्रेसका स्थानीय नेता कमल दोङको मिलमा अफिम राखी फसाउन खोज्दा ठूलो बिरोध भएपछि कारबाहीस्वरुप तानिएका थिए । तिनै असई साहको सल्लाहमा डीआईजी शर्माले मातहतका आकर्षक थानाचौकीमा विवादितहरुलाई पठाउन दबाब दिंदैआएका छन् । डीआईजीले मातहतका थानाचौकीका इन्चार्जलाई आफूलाई मात्र रिपोर्टिङ गर्नका लागि भन्ने गरेको आरोप छ । बसपार्कका यसअघिका असई रामप्रसाद यादवले आफूलाई रिपोर्टिङ नगरेपछि उनले सरुवा गरिदिएका थिए ।
त्यसो त डीआईजीले मधेश प्रदेशबाट तस्करी हुँदैआएका सामान बागमती प्रदेशमा समेत बरामद नगर्नेगरी सेटिङ गरेको खुलेको छ । माघ १८ गते शुक्रबार मकवानपुरको ठिंगनमा प्रहरीेले शंका लागेर कपडा बोकेको गाडी प्रहरीले चेकजाँच गरेको थियो । तर डीआईजी शर्माले एसपी खड्कामार्फत् उक्त गाडी छाड्न दबाब दिएपछि ठिंगनमा प्रहरीले केही समयपछि छाड्यो । तर सशस्त्र प्रहरीले तस्करीको कपडा बोकेको ००९४ नम्बरको उक्त गाडी बरामद गरेको छ । जुन गाडीको बिलबिजक चेकजाँच गर्दा नक्कली देखिएको स्रोतले बताएको छ ।
डीआईजीकै संरक्षणमा तस्करी हुने गरेको उक्त कपडा बोकेको गाडी बरामदपछि पुष्टि भएको छ । प्रहरीले भन्सारछलीको सामान भनेर बरामद गर्न खोज्दा छाड्न दबाब दिइयो । जुन गाडी सशस्त्रले बरामद गर्दा नक्कली बिलबिजकका आधारमा तस्करीको कपडा बोकेको फेलापरेको स्रोत बताउँछ । अहिले पनि डीआईजीका निकट असई साह, हवल्दार बिनय चौधरीकै सेटिङमा रातमाटेबाट तस्करी हुँदैआएको छ । मकवानपुरबाट गाँजा भारततर्फ र मधेशबाट आएका गाडी निर्वाध आउजाउ गरिरहेका छन् ।नेपाल फेस
समाज
थप सामाग्री-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
२ दिन अगाडि
1.5kViews 418 Shares Share on Facebook Share on Twitter स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



