

“अरुका लागि मिसन ८४ होला तर काङ्ग्रेसका लागि मिसन नेपाल हो” – सरस्वती गुरुङ
8.3kViews
114
Shares
हङकङ । गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती गुरुङले नेपाली कांग्रेसको मिसन–८४ नभएर मिसन नेपाल रेहेको प्रस्ट पारेकी छन् । नेपाली जनसम्पर्क समिति हङकङद्धारा आयोजित रात्रीभोज तथा परिचयात्मक कार्यक्रममालाई सम्बोधन गर्दै उनले कांग्रेस आफै सिंगो नेपाल भएको अभिव्यक्ति दिएकी हुन् ।
जोर्डनस्थित होटल याक एण्ड यतिमा सम्पन्न कार्यक्रममा बोल्दै उनल भनिन्, ‘आज नेपालमा धेरै कुराहरु आएको छ । सामाजिक संजालमा त देख्नुभयो होला, कसैले मिसन–८४ भनेका छन्, कसैले के भनेका छन् । तर कांग्रेसको चाहीँ मिसन नेपाल हो । यो कुरा चाहीँ तपाइँहरुले बुझ्नुपर्छ । मिसन– ८४ हामीलाई चाहिँदैन । मिसन– ८९ चाहिँदैन । मिसन भनेको नेपाल हो । हामीले नेपाललाई बनाउन सक्यौं भने कांग्रेस आफै बन्छ । कांग्रेस आफै सिंगो नेपाल हो भन्ने हाम्रो बुझाइ छ ।’
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य गुरुङले प्रवासी नेपालीहरुले नेपाल र हङकङमा गरेको योगदालाई मुक्तकण्ठले प्रसंशा गरिन् । ‘तपाइले नेपालमै गर्नुभएका योगदान, तपाइँहरुले यहाँ आएर प्रवासमा आएर पनि गर्नुभएको योगदानको म मुक्तकण्डठले सम्मान पनि गर्न चाहन्छु’, उनले भनिन्,‘सँगसँगै भन्न चाहन्छु, विभिन्न इतिहासको कालखण्डमा धेरै कुराहरु आए । धेरैलाई कांग्रेसले काँध थाप्यो। तर एपटक हैन दुईपटक हैन, धेरैपटक भइसकेपछि कांग्रेसले आफ्नै सिद्धान्त र आफ्नै बाटोमा हिँड्न्परेको छ ।’
भ्रमणका क्रममा हङकङ आइपुगेका गुरुङको प्रमुख र नेपाली कांग्रेस सूचना संचार तथा प्रचार विभागका केन्द्रीय सदस्य राज बहादुर गुरुङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका अतिथितिहरुमा एनआरएनए आइसीसीका सचिव टीका गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष रीता गुरुङ, एनआरएनए हङकङका उपाध्यक्ष अनु राई, महिला संयोजक तथा पूर्व मिस नेपाल हङकङ कविता गुरुङ, कार्यसमिति सदस्य करुणा श्रेष्ठ, जनसम्पर्क समिति हङकङका पूर्व अध्यक्षहरू मिन गुरुङ र काजी गुरुङ, सल्लाहकारहरू कोमल गुरुङ, बिनय शाह, देवराजन गुरुङ, नेत्र पहराई, पूर्व सल्लाहकार नीर पुन, तमु समाज हङकङका अध्यक्ष मानेन्द्र गुरुङ लगायत रहेका थिए ।
नेपाली जनसम्पर्क समितिका सभापति शैलेन्द्र सिङ बोगटीको सभापतित्व सम्पन्न कार्यक्रमलाई महामन्त्रीले सञ्चालन गरेका थिए। कार्यक्रमको प्रत्यक्ष प्रसारण एचके दर्पणले गरेको थियो। कार्यक्रममा समाजसेवी तथा कानुन व्यवसायी देव गुरुङ, समितिका सल्लाहकार देवराज गुरुङ र नेजस हङकङका कोषाध्यक्ष रामचन्द्र विश्वकर्मा तीन जनाको जन्म दिन पनि सोही दिन परेको अवसरमा जन्मदिन मनाइएको यियो। कार्यक्रमको प्रत्यक्ष प्रसारण एचके दर्पणले गरेको थियो।
एक सय पन्ध्रौं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा नेपाली महिला संघ हङकङ र एनआरएनए हङकङ महिला फोरमको निमन्त्रणा आएका नेताद्वय मा. सरस्वती गुरुङ र पत्रकार राजबहादुर गुरुङ हाल हङकङमा रहेका बिभिन्न व्यक्तित्व र संघ–संस्थाहरुसंग भेट गरिरहेका छन्।
यसैबीच आज मार्च १४ शुक्रबार साँझ India Club मा उनीहरुले हङकङस्थित नेपालीहरुसंग अनौपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
९ घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





