
भालेश्वर मन्दिरमा जान चाहने पैदलयात्रीसँग कर लिने कार्य तत्काल बन्द गर्न निर्देशन
काठमाडौं । राजधानीको उत्तर पश्चिमतर्फ रहेको चन्द्रागिरी हिल्सको भालेश्वर मन्दिरमा जान चाहने पैदलयात्रीसँग प्रति व्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क उठाउँदै आएको चन्द्रागिरी हिल्सको कार्य गैर कानुनी भएको थाहा नगरपालिकाले स्पष्ट पारेको छ ।
थाहा नगरपालिका वडा नं ९ का अध्यक्ष राज कुमार बलामीले आज एक सूचना जारी गर्दै थाहा नगरपालिकाको समेत स्वामित्वमा रहेको चन्द्रागिरीको मन्दिर तथा सो क्षेत्रमा यात्रा गर्न चाहने यात्रुसँग रकम उठाउने कार्य तत्काल बन्द गर्न चन्द्रागिरी हिल्सलाई सुचित गरेको छ ।थाहा नगरपालिकाले जारी गरेको सूचनामा चन्द्रागिरी हिल्सले सार्वजनिक जंगलमा अनाधिकृत रुपमा चेक प्वाईन्ट राखेर सर्वसाधारण पैदलयात्रीसँग रकम उठाउने सम्बन्धी कुनै सहमति नदिइएको स्पष्ट पारेको छ ।
थाहा नगरपालिकाले भालेश्वर मन्दिरतर्फ जाने पैदलयात्रुसँग टिकट नै काटेर शुल्क लिने कार्य तत्काल बन्द गर्न पनि निर्देशन दिएको छ । साथै थाहा नगरपालिकाले चन्द्रागिरी हिल्सलाई सार्वजनिक सडकमा राखिएको चेक प्वाईन्ट ७ दिनभित्र हटाउन पनि निर्देशन दिएको छ ।
स्मरणरहोस्, बीमापोष्टले हिजो मात्रै चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिरमा जाने पैदल यात्रीसँग १०० रुपैयाँ प्रवेश शुल्क लिएको सम्बन्धी समाचार प्रकाशित गरेको थियो ।
समाज
थप सामाग्री-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
-
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
गृहमन्त्री बसेको होटलको खानामा अखाद्य वस्तु फेला, चितवनमा होटल अनुगमन तीव्र
प्रहरी श्रीमती संघद्वारा बुटवलमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न
२० घण्टा अगाडि
1.5kViews 497 Shares Share on Facebook Share on Twitter बुटवल । नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी…



