
कांग्रेसले ९० सिटमा सहमति जनायो
काठमाडौं । सत्ता गठबन्धनले आगमाी मंसिर ४ गते हुने निर्वाचनको लागि सिटको बाँडफाँडको मोडालिटी तयार पारेको छ । कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धनमा प्रत्यक्षतर्फ १६५ सिटमध्ये ९० सिट कांग्रेसले लिने र बाँकी ७५ गठबन्धनमा आवद्ध अरु दलले लिने सहमति भएको छ ।
पछिल्लो समय कांग्रेसले गठबन्धनमा १०० सिट लिने चर्चा चलिरहेको थियो । तर, शीर्ष नेताहरुको बैठकमा कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले लचकता देखाएको बुझिएको छ । अहिले सिट बाँडफाँडको मोडालिटी तयार पार्न गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा कार्यदल बनाएको छ ।
कांग्रेसले ९० सिट राखे बाँकी ७५ सिटमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमोर्चा र बाबुराम भट्टराईले बाँडफाँड गर्ने बुझिएको छ । माओवादीले कम्तिमा ४० सिट चाहिने भन्दै आएको छ । कांग्रेसबाहेकका दलले आज भोलिभित्रै ७५ सिटको बाँडफाँड गर्ने बुझिएको छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१७ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



