
शिक्षक महासङ्घले आफू खुशी सम्झौता गरेर धोका दिएको विद्यालय कर्मचारी परिषद्को आरोप : आन्दोलनका कार्यक्रम घोषणा
काठमाण्डौ – नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले नेपाल शिक्षक महासङ्घले सरकारसँग आफू खुशी सम्झौता गरेर धोका दिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमार्फत परिषद्ले आन्दोलन परिचालन समिति गठन गर्दै बब्बन मिश्रको संयोजकत्वमा विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासङ्घलले रहस्यमय ढङ्गले सरकारसँग सम्झौता गर्दै राहत, बाल विकास र विद्यालय कर्मचारीलाई बेवास्ता गरेको बताउनुभयो ।
उहाँँले आन्दोलनका क्रममा शुरुदेखि नै परिषद् र महासङ्घसँगसँगै अघि बढे पनि अन्तिममा महासङ्घले आफू खुशी सम्झौता गरी विद्यालय कर्मचारीका हितपूर्ण मुद्दाहरूलाई बेवास्ता गरेको उहाँको भनाइ छ । परिषद्ले अबको आन्दोलन शिक्षकमात्र होइन, कर्मचारी अधिकार सुनिश्चित गर्न केन्द्रित हुने जनाएको छ ।
परिषद्ले पर्सि आइतवारदेखि आउँदो जेठ ३ गतेसम्म कालो पट्टि बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते ७ सय ५३ वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनकोबारेमा जानकारी गराउने, ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने लगायतका आन्दोलनका कार्यक्रम तय गरेको छ ।
यसअघि शिक्षक महासङ्घले अस्ति बुधवार सरकारसँग ९ बुँदे सहमति गरेर आन्दोलन स्थगन गरेपछि आजदेखि सामुदायिक विद्यालय खुल्न थालेका छन् ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि
2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



