
जलवायु संकटकाल घोषणाको गृहकार्यमा सरकार
काठमाडौं । सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । ;जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन,; मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने।
संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु हुने तथा यसले कुनकुन क्षेत्रलाई असर गर्छ भन्ने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको पनि मन्त्री यादवले नागरिकलाई बताए। ;म एक सातादेखि यो विषयमा छलफलमा छु। जलवायु परिवर्तनका कारण नेपालमा हिमनदी पग्लनेदेखि अन्य विपद्हरू बढ्दो क्रममा छन् । हामी तत्काल सचेत भएनौं भने यसले झन् गम्भीर प्रभाव पार्नेछ,; उनले भने । यो समाचारनागरिक दैनिकमा छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१८ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



