भारत र बंगलादेशको विजयी सुरूवात

श्रीलंकामा जारी साफ यू-१७ पुरूष फुटबलमा भारत र बंगलादेशले विजयी सुरूआत गरेका छन्।

सोमबार भएको खेलमा बंगलादेशले घरेलु टोली श्रीलंकालाई ५-१ गोल अन्तरमा हराउँदै विजयी सुरूआत गरेको हो।बंगलादेशको जितमा मोहमद मुर्सेद अलीले दुई गोल गरे। यस्तै मोहमद रूबेल शेख, सिराजुल इस्लाम राना र मोहमद नाजिम उद्दीनले एक-एक गोल गरे। श्रीलंकाका यासिर शर्फराजले एक गोल फर्काए।

यस्तै सोमबारनै भएको अर्को खेलमा भुटानलाई ३-० गोल अन्तरले हराउँदै भारतले विजयी सुरूआत गरेको छ।

भारतको जितमा थाङ्गलालसौन गंगटेले दुई गोल गरे। थप गोल भानलाल्पेका गुइटेले गरे।

यो जितसँगै नेपाल सम्मिलित समूह ‘बी’ मा रहेको भारतले पहिलो खेलमै ३ अंक जोडेको छ।

यस्तै समूह एमा रहेको बंगलादेशले पनि पहिलो खेलबाटै ३ अंक जोडेको छ।

नेपालले आफ्नो पहिलो खेल भोलि बुधबार भुटानसँग खेल्नेछ। दोस्रो खेलमा शुक्रबार भारतसँग खेल्नेछ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।

समूह ए मा आयोजक श्रीलंकासहित बंगलादेश र माल्दिभ्स छन् भने समूह एमा नेपालसहित भारत र भुटान छन्।

फाइनल सेप्टेम्बर १४ मा हुनेछ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares